साप्ताहिक संवाददाता
आश्विन २, २०७६
दसैंको पूर्वसन्ध्यामा साथीहरूसँग रमाइलो गर्ने मुडमा हुनुहुन्छ भने दसैं पार्टी उपयुक्त अवसर हुनसक्छ । गैरीधारास्थित लस स्कोसबारले ‘दसैं पार्टी कम एन्ड सेलिब्रेट विथ डियर फ्रेन्ड्स’ को आयोजना गरेको छ जुन शनिबार राति साढे १२ बजे प्रारम्भ भएर आइतबार बिहान साढे १२ बजेसम्म चल्नेछ ।
प्रतिव्यक्ति ११ सय ९९ रुपैयाँ शुल्क तोकिएको यो पार्टीमा स्न्याक्सका रूपमा मसरुम छोइला, चिज बल, फिस कटलेट, चिकेन म:म, मुस्ताङ आलु आदि उपलब्ध गराइनेछ भने मेन कोर्समा प्लेन राइस, दाल फ्राई, टमाटो पिक्कल, मटन करी, मिक्स भेज करी तथा पनिर करी राखिएको छ ।