असोज ३ गते : संविधान दिवस । असोज ८ गते : इन्दिरा एकादशी व्रत ।
मेष
आफ्नो सोचअनुरुप कार्य सम्पन्न हँुदा जोस–जाँगर बढ्नेछ । वित्तीय क्षेत्रमा लगानी गर्न विलम्ब नगर्नुहोला । परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, खानपानमा संयम अपउँदा समस्या थप जटिल हुनेछैन । राति अबेरसम्म सवारी साधन चलाउँदा असुरक्षित भइनेछ ।
वृष
प्रतिस्पर्धामा सम्मानजनक स्थान प्राप्त हुनेछ । आफूभित्रको भय उत्साहमा परिर्वतन भै समाज सेवातर्फ आकर्षित भइनेछ । मित्रहरूले दिएको वचन पूरा हुनेछ । बाधाहरू स्वत: फुकुवा हुनेछन् । सेतो रंगको रचनात्मक प्रयोगले लाभ मिल्ने देखिन्छ । सवारी चलाउँदा विशेष ध्यान दिनुहोला । साताको अन्त्यमा फजुल खर्चले चिन्ता बढाउनेछ ।
मिथुन
नयाँ किसिमको योजना तर्जुमा गर्दै समय खर्चनुपर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा–व्यवसाय एवं स्थान परिवर्तन हुन सक्छ । सवारी साधन खरिद गर्ने वातावरण केही समयपछि धकेलिन सक्छ । परिवारका सदस्यहरूसँग मठ–मन्दिरको भ्रमण होला । चिसोबाट भने जोगिनुपर्नेछ ।
कर्कट
आफ्नो सामथ्र्य बिर्सिएर अर्काको देखासिकी गर्न खोज्दा ठूलो क्षति बेहोनुपर्ने हुन सक्छ । प्रेमी–प्रेमिकाबीचको धमिलो सम्बन्धका लागि मन मिल्ने साथीले नै भूमिका निर्वाह गर्नेछन् । रोजगारीका क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ ।
सिंह
असहज परिस्थितिबाट उम्कन धैर्यताको आवश्यकता छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्न सक्छ । सामाजिक कार्यमा सरिक हुँदा मन पराउने साथी फेला पर्ने सम्भावना छ । घरायसी व्यवहार सञ्चालन गर्ने जिम्मेवार आइलाग्न सक्छ । भविष्यको चिन्ताले सताउनेछ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।
कन्या
मेहनत गरे स्वदेशमै अवसर हात लाग्नेछ । सुखद पारिवारिक वातावरणलाई डाहा गर्नेहरूले खलबल्याउन सक्छन् । आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । खानपानमा फेरबदल हुदाँ स्वास्थको ख्याल राख्नु होला ।
तुला
रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छन् । भ्रमण एवं योग गर्नाले ऊर्जा प्राप्त हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । खानपान तथा मनोरञ्जमा समयको ख्याल गर्नुहोला । साताको उत्तराद्र्धमा सर्तकता अपनाउनुपर्नेछ ।
वृश्चिक
प्रशस्त आम्दानी हुने कार्य गर्दा परिवारबाट प्रशंसा पाइनेछ । गोपनीयता कायम राख्न सके सहज महसुस होला । भावी कार्ययोजना प्रेमी–प्रेमिकाहरूले बढी नै मन पराउनेछन् । दान तथा पूण्यले तपाईंको व्यवसाय स्वत उचाइमा पुग्नेछ भने रोकिएका काम समेत बन्न सक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुहोला ।
धनु
महत्वाकंक्षाले जोखिम निम्त्याउनेछ, सद्व्यवहारले प्रतिष्ठा दिलाउनेछ । अरूको भर पर्दा गोप्य सूचना बाहिरिन सक्छ । कुरा लगाउनेहरूले सताउनेछन् । अनावश्यक विवादबाट टाढै रहनुहोला । बुधबारदेखि विभिन्न अवसरले पछ्याउनुका साथै स्थिति उत्साहपूर्ण रहनेछ । प्रतिभा देखाएर नाम दाम तथा इनाम हात पार्ने समय छ ।
मकर
सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन आवश्यक छ । नितान्त पारिवारिक भेटघाटले मंगलिक कार्यको मिति निर्धारण गर्नेछ । आम्दानी रामै्र रहे पनि फजुल खर्चले सताउन सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । तपार्इंको संयम एवं प्रभावले बिग्रन लागेका कार्म पनि सफल हुनेछ ।
कुम्भ
साता आन्नददायक रहनेछ । कार्य क्षेत्रका झिना–मसिना झन्झट भने कायम रहन सक्छन् । प्रेमी–प्रेमिकाले स–साना त्रुटि अौल्याउँदा प्रेममा तुषारो लाग्न सक्छ । नीलो रंगको पहिरनले ऊर्जा प्राप्त भै कार्य सम्पन्न गर्न सहज बनाउनेछ । साताको अन्त्यमा पुण्य आर्जनको काममा संलग्न भइनेछ ।
मीन
साता प्रेरणादायक रहनेछ । नौला अवसरहरू सिर्जना हुनेछन् । नयाँ स्थानको भ्रमण पनि होला । रोजगारीको नयाँ क्षेत्रबाट लाभ लिन सकिनेछ । आलोचनाबाट जोगिनुहोला । भित्रभित्रै विपरीत लिंगी साथीहरूले मन पराइरहेका छन् । प्रेम प्रस्ताव राख्ने समय आएको छ । कुनै पनि निर्णय निर्धक्क भएर लिनुहोला ।