साप्ताहिक संवाददाता
आश्विन ४, २०७६
टर्कीका डिजाइनर कुर्सत सेलनले दृष्टिविहीनहरूका लागि उपयोगी स्मार्ट छडीको डिजाइन गरेका छन् । सेलन आफै दृष्टिविहीन हुनुका साथै उनी योङ गुरु एकेडेमीका सह–संस्थापक हुन् । आँखा नदेख्नेहरूलाई यताउता हिँडडुल गर्न सहज बनाउन उक्त छडीले सहयोग गर्छ ।
यसले बोलेर सडकका वारेमा जानकारी दिन्छ । त्यसैगरी बाटोमा भएका पसल तथा अन्य भवनका बारेमा समेत यसले जानकारी दिन्छ । विभिन्न सेन्सर जडान हुने भएकाले बाटोमा कुनै बाधा उत्पन्न भयो भने यो छडीले चेतावनीसमेत दिन्छ ।