साताको फिल्म डायरी

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७६

 

चलचित्र कबड्डी कबड्डी कबड्डी टिमले भरतपुरको चितवनमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि नगद तीन लाख रुपैयाँ सहयोग गरेको छ । 

निर्माता माधव वाग्लेले निर्देशन गर्ने पहिलो चलचित्रको शीर्षक ‘पारस : द अनलक्की म्यान’ राखिएको छ, जसमा निर्देशक निश्चल बस्नेतले शीर्ष भूमिका निर्वाह गर्ने तय भएको छ । 

चलचित्र विधामा स्नातक तहको अध्यापन गराइरहेको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने भएको छ । कलेजले भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट तथा नेसनल स्कुल अफ ड्रामाका डीन एवं पदाधिकारीहरूसँग भेटी औपचारिक सम्झौता गरेको बताइएको छ । 

चलचित्र ‘रातो टीका निधारमा’ को शीर्षक गीत नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । विगतमा उमेश पाण्डे तथा रमना श्रेष्ठको स्वरमा रेकर्ड भएको शम्भूजीत बासकोटाद्वारा संगीतबद्ध उक्त गीतको नयाँ संस्करणमा प्रमोद खरेल तथा मेलिना राईको स्वर सुन्न सकिन्छ । 

चलचित्र विकास बोर्ड अन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिले ‘सेल्यूट’ शीर्षकको लघु चलचित्र निर्माण गर्ने भएको छ । 

आर एल मोक्तानद्वारा निर्देशित चलचित्र सम्हाली राख हैको फस्टलूक सार्वजनिक भएको छ, जसमा शीतल केसी, अर्जुन कुँवर, राजेन्द्र गोपाली, आरोही बस्नेत आदि कलाकारलाई देख्न सकिन्छ ।

अभिनेता ज्याक श्रेष्ठको चलचित्र शिवा–द लिडरको ट्ेरलर सार्वजनिक भएको छ, जसलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् भने किशोर खतिवडा तथा सञ्चिता लुईंटेल यो चलचित्रको महत्वपूर्ण भूमिकामा छन् । 

हेमराज विसीद्वारा निर्देशित चलचित्र घामड शेरेको पोस्टर सार्वजनिक भएको छ । यो चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत तथा स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।

 

प्रकाशित :आश्विन ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×