साप्ताहिक संवाददाता
गत शुक्रबार सार्वजनिक भएको आयुष्मान खुरानाको चलचित्र ड्रिमगर्लले पहिलो ५ दिनमै ५९ करोड भारुको व्यवसाय गरेको छ । यो चलचित्रको निर्माण बजेट ५० करोड जति मात्र भएको बताइन्छ ।
अघिल्लो शुक्रबार प्रदर्शनमा आएको चलचित्र छिछोरेले प्रदर्शनको १२ दिनभित्रमा व्यवसाय गरेको छ ।
३ साताअघि सार्वजनिक भएको प्रभासको चलचित्र साहोको हिन्दी भर्सनले तेस्रो विकेन्डसम्ममा २ अर्ब बराबरको व्यवसाय गरेर सुपरहिटको दर्जा प्राप्त गरेको छ ।
हलिउडमा गत शुक्रबार प्रदर्शनमा आएको द गोल्ड फिन्च नराम्रोसँग पछारिएको छ । अमेरिकाका २ हजार ५ सय ४२ चलचित्र घरमा प्रदर्शन गरिएको यो चलचित्रले पहिलो विकेन्डमा जम्मा २६ लाख डलर बराबरको मात्र व्यापार गर्न सकेको छ ।
द गोल्ड फिन्च प्रदर्शनमा आउनुभन्दा अघिल्लो साता सार्वजनिक भएको आईटी : च्याप्टर–२ को व्यवसाय भने निरन्तर उकालो लागिरहेको छ । दोस्रो विकेन्डमा यो चलचित्र ९४ लाख ४८ हजार डलर बराबरको व्यवसाय गर्दै यो सिजनको सफल चलचित्रमा दरिएको छ ।