साप्ताहिक संवाददाता
आश्विन ५, २०७६
नेपाली चलचित्रकी नायिका श्वेता खड्काले अरूका लागि काम गर्न पाउँदा आफूलाई खुसी लाग्ने कुरा बताएकी छिन् । ‘अरूका लागि काम गर्ने व्यक्ति सधैं प्रसन्न रहन्छ, सधैं खुसी हुन्छ, म पनि त्यसमा खुसी हुन्छु,’ उनले भनिन् ।
पोखरा पुगेर उनले अरूका लागि काम गर्दा करोडौंको गिफ्ट पाएभन्दा बढी खुसी मिल्ने कुरा बताइन् । चलचित्र कान्छीपछि अरू कुनै चलचित्र निर्माण गरिहाल्ने तयारी नभएको जानकारी दिइन् । आफू निरन्तर समाजसेवामा लाग्ने दाबी गर्दै खड्काले अहिले माझीबस्तीमा ५३ वटा घर निर्माणमा जुटिरहेको कुरा बताउँदै भनिन्— ‘म अरूकै लागि काम गर्नेछु, अरूकै लागि बाँच्नेछु ।
म आफूलाई देशमै सबैभन्दा बढी माया पाउने कलाकार सम्झन्छु ।’ दर्शकको यस्तै मायाले फेरि बाँच्ने, फेरि केही गर्ने तथा अरूका लागि केही गरौं भन्ने भावना जागेको उनको भनाइ थियो ।