साप्ताहिक संवाददाता
आश्विन ५, २०७६
काठमाडौं
गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ सार्वजनिक गरिएको छ ।
गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज सुन्न सकिन्छ । गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको पनि विशेष प्रयोग गरिएको छ।
परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको गीतलाई श्रोताले निकै मन पराएका छन् । गायक निरौलाले यसअघि दर्जनौं गीतमा स्वर दिइसकेका छन् भने केहि गीत सार्वजनिक गर्ने तयारीमा छन् ।