साप्ताहिक संवाददाता
आश्विन ५, २०७६
नेपाली फुटबलले धेरै आशा गरेका खेलाडीमा पर्छन्— विमल घर्तिमगर । निकै कम उमेरमा नेपालबाट खेल्ने मौका पाएका विमल भर्खर २१ वर्षका भए । यसै साता उनको जन्मदिन थियो र उनले यो अवसरलाई खुसीयालीमा परिणत गर्न कुनै कसर बाँकी राखेनन् ।
आफ्ना केही साथी खेलाडीसँग उनले भव्य रूपमा जन्मदिन मनाए । ठमेलको नेस्टमा आयोजित उक्त पार्टीमा नेपाली राष्ट्रिय टिमका लगभग सबै खेलाडीको उपस्थिती थियो । भनिन्छ, नेपाली टिममा विमल नै त्यस्ता खेलाडी हुन्, जसले आफ्नो जन्मदिनमा मस्त पार्टी दिन कुनै कन्जुस्याइँ गर्दैनन् । यसपटकको पार्टीमा पनि विमल निकै खुसी देखिए, सम्भवत: उनी केही समय अघिको पारिवारिक तनावबाट बिस्तारै मुक्त हुँदैछन् ।