साप्ताहिक संवाददाता
कवि तथा गीतकार दिनेश अधिकारीको नविनतम गीति एल्वम ‘अनवरत’ सार्वजनिक भएको छ । अधिकारीको उक्त एल्वम गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, संगीतकार शक्तिवल्लभवले एक कार्यक्रमकाबीच सयुक्त रुपमा सार्वजनिक गरेका हुन् । एल्वम बिन्ध्यवासिनी म्यूजिकले बजारमा ल्याएको हो । अजवरत एल्वमभित्र ७ वटा गीत समावेश गरिएको छ । उक्त एल्वमका सबै गीतमा राजकुमार बगरले संगीत गरेका छन् ।
नयाँ पुस्ताका गायक/गायिकाको बाहुल्यता रहेको यस एल्वममा रामकृष्ण ढकाल, राचन्द्र काफ्ले, निशा देसार, राज सिग्देल, प्रविशा अधिकारी, श्रेयसी चेम्जोङ, सिडी विजय अधिकारी र प्रताप दासलगायतका गायक/गायिकाको स्वर समावेश गरिएको छ ।
एल्वम सार्वजनिक कार्यक्रममा उक्त एल्वमभित्र रहेको एक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । ‘तिमी सुखी हुनु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक म्यूजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।
सुगम संगीतका स्रोताका लागि यो एल्वम दसैं तिहारका लागि उत्कृष्ठ उपहार भएको म्यूजिक कम्पनीको धारणा थियो । बरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेलका शुभकामना समावेश गरिएको कार्यक्रममा गीतकार अधिकारी र संगीतकार बगरले सिर्जनाको विबिध पक्षका बारेमा जानकारी गराएका थिए ।
गीति एल्वम ‘अनवरत’ गीतकार अधिकारीको १४ औँ एकल एल्वम हो ।