साप्ताहिक संवाददाता
गृष्मा ब्रोडकास्टिङ नेपाल मात्रै होइन बाहिरका मुलुकमा पनि इभेन्ट आयोजना गर्दै आएको छ । सोहि कम्पनीले नेपाल आइडलको सिजन तेस्रोका टप ३ लाई विश्व भ्रमण गराउने अधिकार लिएको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘हामी नेपाल आइडलसँग जोडिन पाउँदा अत्यन्तै उत्साहित छौ,’ गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले भने, ‘नेपाल आइडलका टप ३ लाई विदेशमा रहेका हरेक नेपालीसामु मुनलाइट रेकर्डसँगको सहकार्यमा पुराउने समेत जानकारी गराउन चाहान्छौं ।’
तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसँगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउदा आफुहरु निकै खुसी भएको एपिवानले जनाएको छ ।
गृष्माले नेपाल आइडल सिजन ३ को वल्र्ड टुर आगामी सन् २०२० को फेबु्रअरीबाट सुरु गर्नेछ । यसैगरी ग्राण्ड फिनाले पनि यसै कम्पनिले गर्नेछ ।