साप्ताहिक संवाददाता
नेपाल पत्रकार संघ हङकङको अध्यक्षमा पुन किसन राई चयन भएका छन् । संघको तेस्रो साधरणसभा २०१९ बाट किसनको संयोजकत्वमा ११ कार्यसमिती गठन भएको हो । समितीको उपाध्यक्षमा ईन्द्र लक्सम, सचिव देवराज राई, कोषाध्यक्ष कुष्ण गुरुङ, ससचिव कृष्णराज लावती सदस्यहरुमा विक्रम गुरुङ, देवमान लिम्बु, जगत गुरुङ, अनोज रोक्का, मगेन्द्र राई, टोपराज याक्खा सर्वसहमत चयन भएका थिए ।
हङकङमा नेपाली पत्रकारिताको गहनतम जिम्मेवारीसहित आमसञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुलाई एकसुत्रमा आवद्ध गर्नका लागि सन् २०१० अक्टोबर ३ तारिखका दिन संघको स्थापना भएको थियो ।
संघले हङकङको नेपाली समाजका समस्या, चुनौती र आवश्यकताहरुका बारे विचार, विमर्शका कार्यक्रमहरुका साथै नेपालबाट आएका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसाग अन्र्तक्रियाका कार्यक्रमहरु मार्फत हङकङेली नेपाली समाजमा आफुलाई सक्रिय बनाउादै आईरहेको छ ।