चौथो संविधान तथा राष्ट्रिय दिवस हङकङमा पनि धुमधामका साथ मनाईयो । हङकङ स्थित महावाणिज्यदूतावासले आयोजना गरेको राष्ट्रिय दिवस तथा शुभकामना आदनप्रदान कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधी, ब्यापारी, साहित्यकार, ब्यवसायी, विद्यार्थी, बुद्धिजिवीहरुको उल्लेखय उपस्थित रहेको थियो ।
कार्यक्रममा संविधानको महिमा, आवश्यकता र महत्वको बारेमा उपस्थित वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । ब्यवसायी कवि तथा लेखक कमल पौडेल, कवियत्री सुनिता गिरी लगायतले आफ्नो देश, आमा, बाबाको महिमा मिश्रित कविता सुनाउँदा वातावरण स्तब्ध बनेको थियो । कार्यक्रमलाई थप रोचक बनाउँनका लागि वाद्यवादक हरि श्रेष्ठले आफ्नो उत्कृष्ट कला तवला वाधन प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले संङघर्ष र बलिदान पश्चात संविधान सभाबाट निर्मित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनेको ४ बर्ष पुरा भएको र यो उपलब्धिलाई सवैले खुसी साथ मनाउानु पर्ने बताए । संविधानमा चित्त नबुझेका विषय र थप गर्नुे पर्ने बिषयहरुलाई पनि छलफलका माध्यमबाट सहजिकरण गर्न सकिन्छ, यो हाम्रो गौरवमय ईतिहास हो उनले भने ।
भिजिट नेपाल २०२० लाई तिव्ररुपमा प्रचारप्रसार गरिरहेको दूतावासले पर्यटकहरुलाई आकर्षित गर्नका लागि चाईनिज नागरिकहरुलाई फ्रि भिसा, हङकङमा आयोजना गरिने हरेक कार्यक्रममा भिजिट नेपाल अंकित लोगोको प्रयोग लगायतका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
महावाणिज्यदूत भट्टराईले भने हामीले पर्यटकहरुलाई आकर्षित सागै विदेशलाई कर्मभुमि बनाएका नेपालीहरुलाई लगानी गर्नका लागि नेपालमा सम्भावना बोकेका क्षेत्रहरु हाईड्रोपावर, उद्योग, उत्पादन कम्पनी, कृषि, खानी, पर्यटन ब्यवसाय लगायतका क्षेत्रहरुका बारे छलफल र पहिचानका कार्यक्रमहरु गरिरहेका छौ । त्यस्तै नेपालका मौलिक परिकार, कपडा, मुर्तिकलाका सामाग्रीहरु जस्तै अदुवा, चिया, कफी, छुर्पी, पस्मिना, मह, हातबाट निर्मित ब्याग, रुदराछ्य, रेडिमेट गारमेन्ट्स लगायतको निर्यात र विदेशी बजारमा सम्भावनाको अध्ययन र परिक्षण समेत गरिरहेका छौ ।
सवैको साथ र सहयोगले विकास र समृद्धिको यात्रा सुरक्षित तवरले तय हुने बताउादै भिजिट नेपाल २०२० लाई सफल बनाउानका लागि सवैलाई आग्रह गदैछु । सानो नेपाल, विविधता र मौलिकतामा विशाल भएकाले सवैको हकहित र अधिकार सुरक्षित हुने बताउादै आफ्नो देशप्रति सदैव बफादार रहनका अपिल समेत गर्दछु उनले भने ।
महासंघले पनि मनायो राष्ट्रिय दिवस
राष्ट्रिय दिवसकै अवसर पारेर हङकङ स्थित याउमा तेई कम्युनिटी हलमा एक कार्यक्रमको आयोजना गरियो । हङकङ नेपाली महासंघले आयोजना गरेको कार्यक्रममा सवैले सामुहिकरुपमा नेपालको राष्ट्रिय झन्डा बोकी, राष्ट्रिय गानामा सम्मानका साथ उभिदै राष्ट्रिय दिवस मनाए ।
कार्यक्रममा हङकङको नेपाली समुदायमा आफ्नो तर्फबाट उत्कृष्ट योगदान दिने विभिन्न ब्यक्तित्वहरुलाई सम्मानका साथै, गीत, नृत्य लगायत प्रस्तुत गरिएको थियो ।
महासंघका अध्यक्ष टंक राना भन्छन् यो हाम्रो ईतिहास र वर्तमान हो, यो खुसीको क्षणलाई विदेशमा भएपनि सामुहिक तवरले एकअर्कामा खुसी साट्औ भनेर कार्यक्रमको आयोजना गरेका हौ ।
कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधी, कलाकार, ब्यवसायी, हङकङ सरकारका प्रतिनिधीहरुको उल्लेख उपस्थित रहेको थियो ।
तस्बिर : विक्रम गुरुङ