साप्ताहिक संवाददाता
आश्विन ६, २०७६
बेलायतबाट प्रकाशित हुने द गार्जियन पत्रिकाले २१औं शताब्दीको सर्वश्रेष्ठ १ सय चलचित्रको सूची जारी गरेको छ । पिटर ब्राड शा, क्याथ क्लार्क, एन्ड्रयु पुलवर तथा क्याथरिन शोर्ड जस्ता नामूद चलचित्र समिक्षक तथा बजार विश्लेषकहरूको प्यानलले जारी गरेको यो सूचीको पहिलो स्थानमा सन् २००७ मा सार्वजनिक भएको पाउल थोमस एन्ड्रयुसन निर्देशित चलचित्र देयर विल वि ब्लड छ ।
उक्त चलचित्रलाई पछ्याउनेमा स्टिभ म्याक्ग्विन निर्देशित ट्वेल्भ इयर्स अफ अ स्ल्याभ (२०१३), रिचर्ड लिंकलेटर्स निर्देशित ब्वाइहुड (२०१४), जोनाथन ग्लेजर निर्देशित अन्डर द स्किन (२०१३) तथा वाङ कार वाइ निर्देशित द मुड फर लभ (२०००) छन् । यो सूचीमा परेको एक मात्र हिन्दी चलचित्र ग्याङ अफ वासेपुर ५९औं स्थानमा छ, जसको निर्देशन अनुराग कश्यपले गरेका थिए ।