साप्ताहिक संवाददाता
आश्विन ६, २०७६
गायक कृष्ण काफ्ले नयाँ गीतका साथमा स्रोता माझ आएका छन् । उनले पछिल्लो पटक ‘मेरो कुटु’ बोलको गीत सार्वजनिक गरेका हुन् । अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीतमा गायक काफ्लेले आवाज दिएका हुन् ।
आधुनिक माया प्रेमको भावलाई प्रस्तुत गरेर गीतको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । गीतको म्यूजिक भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ ।
अर्जुन अधिकारीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा उत्सब दाहालको छायांकन तथा बिकाश दाहालको सम्पादन रहेको छ ।
गीतको म्यूजिक भिडियो :