साप्ताहिक संवाददाता
निर्देशक मिलन चाम्स चलचित्र ‘वीर विक्रम २’ प्रदर्शनपछि खासै मिडियामा देखिएका छैनन् । उनी कहिले लण्डन पुगेको त कहिले मुम्बई घुमिरहेको चाम्स निकट केहि चलचित्रकर्मी बताउँछन् ।
चाम्सबारे अर्को विशेष रहस्य फेला परेको छ । निर्देशक चाम्स सन् २०२० मा प्रदर्शन गर्ने तयारीका साथ चलचित्र ‘गोरखा वारियर’ को निर्माणको तयारीमा ब्यस्त छन् । हाल यो चलचित्रको स्क्रिप्टको काम भैरहेको र छिट्टै छायाँकनमा जानुपर्ने भएकाले उनी गुमनाम भएर काममा ब्यस्त भएको जनाइएको छ । निकट श्रोतको दाबीलाई मान्ने हो भने हाल कलाकार छान्ने काम भैरहेको छ भने स्क्रिप्टलाइ फाइनल गर्ने काम भैरहेको छ ।
समग्र गोर्खालीहरुले संसारभर कसरी काम गरिरहेका छन् ? गोर्खालीहरुको महत्व कति छ ? गोर्खालीहरु कति सफल छन् ? संसारले गोर्खाली फौजलाई हेर्ने नजर कस्तो छ ? लगायतमा विभिन्न कोणबाट निर्माण हुन लागेको यो चलचित्र पुर्ण नेपालीपनमा निर्माण हुने श्रोतको दाबि छ । बुझिएअनुसार लण्डन, भारत, अफगानिस्तान र मुस्ताङ लगायतका स्थानमा छायाँकन हुने चलचित्र नेपाली कथामा हलिउड स्तरको हुने चाम्स निकट श्रोतको दाबि छ ।
प्राप्त खबर अनुसार चाम्सले गोरखा वारियरमा निकै महंगो रकम खर्चिएर काम गर्दैछन् । यो चलचित्रमा बलिउड र हलिउडका केहि कलाकारले समेत काम गर्ने जनाइएको छ ।