साप्ताहिक संवाददाता
मन छुने गीत गाएर चर्चामा रहेका गायक हुन्– प्रमोद खरेल । उनका धेरै गीत चर्चामा छन् । पछिल्लो २ वर्ष यता यिन ‘द भ्वईस अफ नेपालको’ जजका रुपमा पनि निक्कै चर्चामा छन् । उक्त प्रतियोगीतामा रहेका अन्य जजको भन्दा गायक खरेलको टिम सबैभन्दा छिटो पुरा भयो । कारण प्रतियोगी तान्ने यिनको छुट्टै शैली थियो, छ ।
यसै साताबाट ‘द भ्वईस अफ नेपाल’को ब्ल्याइण्ड अडिसन सकिएको छ । प्रतियोगीताको अर्को अडिसन सुरु हुनु एक हप्ता अघि गायक खरेल भने अष्ट्रेलिया पुगेका छन् । गायक खरेल अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीले आयोजना गरेको दसैं मेलामा आफ्ना गीत प्रस्तुत गर्न अष्ट्रेलिया पुगेका हुन् ।
यहि सेप्टेम्बर २७ तारिखदेखि अष्ट्रेलियाको सिड्नी शहरमा सुरु हुने ‘निस्वार्थ दसैं नाईट–२०१९’ नामक सांगीतिक कार्यक्रममा गायक खरेलले सहभागीता जनाउने छन् । कार्यक्रम अक्टोबर ६ सम्म अष्ट्रेलियाका विभिन्न शहरमा चल्ने छ । कार्यक्रमका बारेमा अन्य जानकारी तथा सहभागीताका लागि टिकट काट्न सिड्नीमा रहेका विषम गौतमसँग 0470288078 मा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको सांगीतिक संस्था मायालु इन्टरटेन्डमेन्टले आयोजना गरेको हो । उक्त संस्थाले विभिन्न समयमा नेपाली संस्कृतिलाई उजागर गर्ने खालका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।