यौन विशेषज्ञ एवं मनोवैज्ञानिकहरूका अनुसार पृथ्वीमा जति पनि भौतिक सुख छन्, त्यसमा सर्वाधिक आनन्दायक सुख भनेको स्त्री–पुरुषद्वारा गरिने शारीरिक सम्भोगबाट पाइने अनुभूति हो । यदि कुनै महिला वा पुरुषले यसको विपरीत अनुभव गर्छन् अर्थात् सम्भोग गरेपछि अशान्त वा बिरामी हुन्छन् भने निश्चय पनि यो कुरा त्यो जोडीका लागि चिन्ताको विषय हो । यद्यपि यो कुरा पनि सत्य हो कि केही महिला वा पुरुष यही कारणले सहवासबाट पन्छिन खोज्छन् । उनीहरू सम्भोगपछि वा सम्भोगकै क्रममा जीवनमा उथलपुथल आउँछ भनेर भयभीत हुन्छन् । उनीहरूमा शारीरिक एवं मानसिक समस्या देखा पर्न थाल्छ । यसले गर्दा उनीहरूको दैनिक जीवनमा समेत नकारात्मक असर पर्छ । सेक्सको चाहना हुँदाहँुदै पनि सेक्सको नामले नै उनीहरूको मनमा एक किसिमको डर उत्पन्न हुन्छ र सेक्सको नामले या सहवासको विचारले मात्र पनि उनीहरूलाई डर लाग्छ ।
एक २५ वर्षीय स्वस्थ युवालाई जबसम्म रोमान्स र सम्भोग क्रिया जारी रहन्छ तबसम्म सबै थोक राम्रो लाग्छ, तर वीर्य स्खलन भएपछि भयंकर रूपले टाउको दुख्न थाल्छ । यसले गर्दा उनलाई घण्टौंसम्म निद्रा लाग्दैन । यसका लागि दबाई नै खानुपर्ने हुन्छ । सम्भोगको तीव्र चाहना भए पनि टाउको दुख्ने समस्याका कारण उनलाई अर्को पटक सम्भोग गर्न डर लाग्छ ।
एक १७ वर्षीया युवती आफ्नो पार्टनरसँग सहवासका दौरान बेहोस भएर करिब एक–डेढ घन्टापछि होसमा आइन् । युवतीलाई लाग्यो, सायद केटामा कुनै खराबी छ ? तर मेडिकल जाँच गर्दा कुनै खराबी देखिएन । केही दिनपछि फेरि सम्भोग गर्ने क्रममा युवती पुन: बेहोस भइन् । यसका लागि उनले चिकित्सकलाई देखाएर औषधि पनि खाइन् तर कुनै फाइदा भएन । यही डरका कारण उनलाई विवाह गर्न पनि डर लाग्न थाल्यो ।
यस्तै ३५ वर्षकी एक महिला यौनसम्पर्कको भरपूर आनन्द लिन चाहन्छिन् र सेक्सको आनन्द पनि लिन्छिन्, तर सेक्सपछि उनका आँखाले देख्न छोड्छन् । धैरे बेरपछि मात्र उनको दृष्टि फर्कन्छ । उनले आँखाको डाक्टरलाई देखाइन् तर केही फाइदा भएन । यौनसम्पर्क गर्दा अन्धो भइएला कि भने डरले उनलाई सहवास गर्न डर लाग्छ ।
सामान्य रूपले स्वस्थ्य देखिने एक ३० वर्षीय युवक सुहागरातका दिन सम्भोग गर्ने क्रममा स्वाँ–स्वाँ भएर सास लिन गाह्रो भएर अप्ठ्यारोमा परे । उनलाई आफू दमको रोगी भएजस्तो लाग्यो । फेरि सम्भोग गर्ने इच्छा भए पनि उनलाई दमको रोगी भइएला कि भन्ने डर लाग्छ । चिकित्सकलाई देखाउँदा सबै ठीक छ ।
यस्ता विचित्र प्रकारका समस्याबाट पीडितहरूको समस्या ठीक नहुने होइन । समयमै यसको उपचार कुनै कुशल तथा योग्य होमियोप्याथिक चिकित्सक वा काउन्सिलरबाट गराइयो भने समस्याबाट सजिलै छुट्कारा प्राप्त गर्न सकिन्छ ।
यौनसम्पर्क गर्न डराउनु वा इच्छा नहुनु वा सेक्स गर्दा आनन्दको कुनै अनुभूति नहुनु जस्ता स्बास्थ्य समस्याको उपचार काउन्सिलिङका साथै होमियोप्याथिक औषधोपचारबाट सम्भव छ । होमियोप्याथिकमा कुनै पनि रोगको कुनै निश्चित औषधि हुँदैन । रोगीको शारीरिक, मानसिक तथा भावनात्मक लक्षणहरूका आधारमा बिरामीलाई औषधि सेवन गर्न दिइन्छ । यस किसिमको समस्या मनोदेहिक (मन र तन) सँग सम्बन्धित भएको हुँदा उपचारका क्रममा यसका बिरामीलाई काउन्सिलिङको पनि आवश्यकता पर्छ ।