साप्ताहिक संवाददाता
आश्विन ७, २०७६
हलिउडको प्रसिद्ध जेम्स बोन्ड श्रृंखलाको २५औं चलचित्रको शीर्षक नो टाइम टु डाइ जुराइएको छ । गत शुक्रबार ३० सेकेन्डको टिजरलाई ट्विटरमार्फत् जारी गर्दै चलचित्रका निर्देशक केरी फुकुनागाले चलचित्रको सुटिङ जमैकामा सम्पन्न भएको जानकारी दिएका छन् ।
चलचित्रमा डेनियल क्रेग तथा लसना लिन्चको मुख्य भूमिका छ । जेम्स बोन्डका चलचित्रमा अहिलेसम्म पुरुष पात्रले नै सिक्रेट एजेन्टको भूमिका निर्वाह गर्दै आएकोमा यो चलचित्रमा भने अभिनेत्री लसना लिन्चले एम–फाइभ (ब्रिटिस जासुसी संस्था) को सिक्रेट एजेन्टको भूमिका निर्वाह गर्दैछिन् ।
यो चलचित्र ३ अप्रिल २०२० मा बेलायतमा तथा ८ अप्रिल २०२० मा अमेरिकामा सार्वजनिक प्रदर्शनमा आउनेछ ।