उखानै छ – ‘बाह्र बर्षपछी खोला पनि फर्किन्छ ।’ तर हेटौडाको सांगीतिक समुह ‘द बर्डस्’लाई सांगीतिक ब्याण्डलाई भने यो उक्ति लागु भएन । यो ब्याण्डलाई कमब्याक गर्न १६ बर्ष लाग्यो ।
‘सपना सम्झी म तिमीलाई माया गर्नेछु’ बोलको गीत र भिडियो मार्फत ‘द वर्डस्’ सांगीतिक बजारमा १६ वर्ष पछि पुन: फर्किएको हो । ‘द वर्डस्’ कै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको गीत दिपेश श्रेष्ठले गाएका छन् ।
उक्त गीतको वेशमा बिजय कार्की, सुदिप सिहं, लिडमा लुमन स्थापित, ड्रम्समा कभिन शाक्य छन् । भिडियोलाई सिड्नी क्लासिकल अष्ट्रेलियाले निर्माण गरेको हो ।
२०५२ सालमा हेटौडाको सानो सांगीतिक समुहबाट शुरु भएको ब्याण्डले थोरै तर श्रोताहरुको मनमा बस्न सफल संगीत श्रृजना गरेको छ । ब्याण्डले २०५६ मा बिर्सन सक्दिन र २०६० मा वर्डस् गरि २ वटा एल्बमहरु निकालिसकेको छ ।
सन् १९९८ मा नेशनल वाईज ब्याण्ड कम्पिडिसनमा प्रथम भएको द वर्डस्ले टुर्वोग नेशनल ब्याण्ड अर्वाडमा ब्याण्ड अफ दि ईयर, एल्बम बिर्सन सक्दिनलाई सानमिगेल लिसनर म्युजिकल च्वाईस अवार्ड लगायत प्राप्त भईसकेको छ ।
विविध कारणले देश भित्र र बाहिर रहेका ब्याण्डका सदस्यहरु फेरि एकजुट भएका छौँ, अब विदेशमा सिकेका सीप र आफु भित्र रहेको संगीत आफ्नै देशमा खर्चिने ब्याण्ड मेम्बर बिजय कार्की बताउँछन् । लगभग एकदशकको मकाउ बसाईलाई पुर्णविराम लगाउँदै नेपाल फर्किएका बिजय भन्छन् हामीलाई दर्शकहरुको सकारात्मक प्रतिक्रियाले अझ उर्जाशिल बनाएको छ ।
गीतको म्यूजिक भिडियो :