साप्ताहिक संवाददाता
आश्विन ८, २०७६
फोब्र्स म्यागजिनले सन् २०१९ का लागि जारी गरेको हलिउड अर्बपतिहरूको सूचीमा नायिका स्कारलेट जोहान्सन पहिलो स्थानमा छिन् । यसैवर्ष सार्वजनिक भएको एभेन्जर्स : द एन्ड गेम चलचित्रका कारण चर्चामा रहेकी जोहान्सनले यो वर्ष ५ करोड ६० लाख डलर आम्दानी गरेर हलिउड अभिनेत्रीहरूमा सबैलाई उछिनेकी छिन् ।
यो सूचीमा जोहन्सनलाई पछ्याउनेमा सोफिया बर्गारा (४ करोड ११ लाख डलर), रिज वेदरस्पुन (३ करोड ५० लाख डलर), निकोल किडम्यान (३ करोड ४० लाख डलर) तथा जेनिफर एनिस्टन (२ करोड ८० लाख डलर) छन् ।