साप्ताहिक संवाददाता
आश्विन ८, २०७६
नेपाली फुटबलले धेरै आशा गर्न सक्ने खेलाडी हुन्— प्रदीप लम्साल । उनी यू–१५ टिम नेपालका कप्तान पनि हुन् । यद्यपि उनीसँग एउटा यस्तो विवाद जोडिएको छ, जसले नेपाली फुटबलका प्रशंसकलाई चिन्तित तुल्याउँछ । प्रदीपकै नेतृत्वमा नेपालले साफ यू–१५ च्याम्पियनसिप खेलेको थियो ।
त्यसमा नेपाल उप–विजेता पनि भयो । प्रदीपसँगै तीन नेपाली खेलाडीको मेडिकल परिक्षणमा उनीहरूको उमेर बढी देखियो । यही कारणले उनीहरूले एएफसी यू–१६ च्याम्पियनसिपको छनोट समेत खेल्न पाएनन् । भनेपछि कम्तीमा प्रदीप १६ वर्ष भन्दा बढीका भएको देखियो । प्रदीपसँगै कम उमेरको दाबी गरेर असफल हुने खेलाडी हुन्— ईश्वर गुरुङ तथा असीम राई ।