साप्ताहिक संवाददाता
आश्विन ९, २०७६
अहिलेसम्म लभर ब्वाइको छवि बनाएका रणवीर कपुर आफ्नो अपकमिङ चलचित्र ब्रह्मास्त्र र शमसेरामा एक्सन गरिरहेको देखिनेछन् । त्यसको लगत्तै उनी ग्रे शेड (नकारात्मक) भूमिकामा देखा पर्नेछन् ।
यसका लागि रणवीर र दक्षिण भारतका चर्चित निर्देशक सन्दीप रेड्डी वाङ्गाबीच कुराकानी भैरहेको बताइन्छ । यता सुपरहिट चलचित्र कविर सिंहका निर्देशक वाङ्गाले रणवीरसँग आफ्नो नयाँ प्रोजेक्ट डेभिलमा काम गर्ने इच्छा सार्वजनिक गरिसकेका छन् ।