साप्ताहिक संवाददाता
आश्विन १०, २०७६
आज शुक्रबार लाजिम्पाटको तिर्सरा क्लबमा कमेडीयन क्षितिज केसी, योजना मगर तथा एलनजंग थापा प्रस्तुत हुँदैछन् । कमेडी सर्कलका यी कलाकारको स्ट्यान्डप कमेडी हेर्न ३ सय ५० वा ६ सय रुपैयाँका टिकट काट्नुपर्नेछ । कार्यक्रम दिउँसो ३ बजेदेखि ६ बजेसम्म चल्नेछ ।
त्यस्तै सर्कलले दसैंको पूर्वसन्ध्याको अवसर पारेर यहीँ आउने बुधबार पनि स्ट्यान्डप कमेडी शो गर्दैछ । झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्ट एन्ड बारमा हुने उक्त कार्यक्रममा क्लबका कमेडियन अपूर्व क्षितिज सिंह, सुजन जिम्बा, सजन श्रेष्ठ, आयुष श्रेष्ठ तथा क्षितिज केसी प्रस्तुत हुनेछन् । साँझ ६ बजेदेखि ८ बजेसम्म चल्ने यो कार्यक्रमको प्रवेश शुल्क ४ सय रुपैयाँ छ ।