साप्ताहिक संवाददाता
आश्विन १०, २०७६
नेपाल आइडलको दोस्रो सिजनबाट उदाएकी गायिका हुन्– अस्मिता अधिकारी । अस्मिताको क्रेज नेपाली सांगीतिक बजारमा निक्कै लोभलाग्दो छ । नेपाल आईडलको यात्रा पनि उनी निरन्तर रुपमा गायनमा देखिएकै छिन् । यसै साता अस्मिताको स्वरमा एक नयाँ गजल सार्वजनिक भएको छ ।
‘त्यो जुनेली रात’ बोलको सार्वजनिक गजलमा सुरेश वाग्लेको शब्द तथा अर्जुन पोख्रेलको संगीत सुन्न सकिन्छ । सार्वजनिक गजलमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ ।
गजलको म्यूजिक भिडियोमा पनि गायिका अस्मिता अधिकारीलाई देख्न सकिन्छ । अस्मिताले गायनमा जस्तै अभिनयमा पनि न्याय गरेकी छिन् । अभिनयमा अस्मितालाई यस म्यूजिक भिडियोमा पुस्कर कार्कीले साथ दिएका छन् ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा बुद्ध थापाको क्यामेरा तथा विकास धमलाको सम्पादन रहेको छ ।
गजलको म्यूजिक भिडियो :