साप्ताहिक संवाददाता
मोडलका रूपमा करियर प्रारम्भ गर्दै नेपाली चलचित्र ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री हुन्— अदिती बुढाथोकी । अनमोल केसीसँग अभिनय गरेपछि अदितीले एउटै चलचित्रबाट आफूलाई स्थापित गरिन् ।
यद्यपि, त्यसपछि उनले कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । कृमा अभिनय गर्न मुम्बईबाट काठमाडौं आएपछि अदिती त्यसपछि पुन: मुम्बई नै फर्किइन् । अहिले पनि उनी त्यहाँ मोडलिङ गरिरहेकी छिन् । बलिउडमा प्रवेश गर्ने प्रयास समेत गरिरहेकी अदितीले सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ बनाएकी छिन् । उनलाई इन्स्टाग्राममा पछ्याउनेहरू नै ८ लाखभन्दा बढी छन् ।
अदिती इन्स्टाग्राममा नियमित अपडेट भैरहन्छिन् । चलचित्र तथा मोडलिङमा सामान्य देखिए पनि उनले इन्स्टाग्राममा भने निकै बोल्ड तस्बिर अपलोड गरिरहेकी हुन्छिन् । यसै साता उनले स्वीमिङ पुलमा रमाएका आफ्ना तस्बिर अपलोड गरेकी छिन्, जसले ८५ हजारभन्दा बढि लाइक तथा १२ सयभन्दा बढी कमेन्ट पाएको छ । बुढाथोकीले ती तस्बिर इन्डोनेसियाको बालीस्थित एउटा स्विमिङ पुलमा खिचाएकी हुन् ।