बलिउडका खबर

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७६

 

     बलिउडका महानायक भनिएका अमिताभ बच्चनलाई सन् २०१८ का लागि भारत सरकारले भारतको सबैभन्दा ठूलो चलचित्र पुरस्कार दादा साहेब फाल्के पुरस्कार प्रदान गर्ने भएको छ । सन् १९६९ देखि प्रदान गर्न थालिएको यो पुरस्कार पाउने बच्चन ५० औं व्यक्ति हुन् । पुरस्कारवापत बच्चनले एउटा स्वर्णकमल र दस लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

     हलिउडको सर्वाधिक लोकप्रिय मानिएको टेलिभिजन ड्रामा शृंखला गेम अफ थ्रोन्सले एमी एवार्ड–२०१९ मा लगातार चौथो पटक सर्वश्रेष्ठ ड्रामा शृंखलाको उपाधि जितेको छ । यो वर्षका लागि गेम अफ थ्रोन्स ३२ वटा क्याटेगोरीमा नामांकित भएको थियो । 

     अमेरिकी गायिका जेनिफर लोपेजले चौथो पटक विवाह गर्ने भएकी छिन् । जेनिफरको अफिसियल आधिकारिक वेवसाइटका अनुसार विगत २ वर्षदेखि डेटिङमा रहेका बेसबल खेलाडी एलेक्स रोड्रिक्ससँग जेनिफरले लगनगाँठो कस्न लागेकी हुन् । 

     बलिउड अभिनेत्री अनुष्का शर्मालाई फच्र्युन इन्डियाले भारतका ५० प्रभावशाली महिलाको सूचीमा ३९ औं स्थान दिएको छ । फच्र्युन इन्डियाको यो वार्षिक सूचीमा स्थान पाउने अनुष्का शर्मा बलिउडकी सबैभन्दा कम उमेरकी अभिनेत्री हुन् । 

     प्रियदर्शनले निर्देशन गरेको सफल चलचित्र भूलभुलैयाकै नाममा भूलभुलैया–२ निर्माण हुने भएको छ । नयाँ भूलभुलैयालाई अनिस बाज्मीले निर्देशन गर्नेछन् । नयाँ भूलभुलैयामा कार्तिक आर्यन तथा कियारा आडवाणीले मुख्य भूमिका निर्वाह गर्ने कुरा तय भएको बताइन्छ । 

     तापसी पन्नु तथा भूमी पेडनेकरले मुख्य भूमिका निर्वाह गरेको सांड की आँखको ट्रेजर गत सोमबार सार्वजनिक भएको छ । चन्द्रो तोमर तथा प्रकाशी तोमरको वास्तविक कथामा आधारित यो चलचित्रका निर्देशक तुषार हिरानन्दानी हुन् । 

     भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सञ्जय दत्तले अभिनय गर्ने कमेडी जनराको चलचित्र डगहाउसमा क्यामियोको भूमिका निर्वाह गर्ने पक्का भएको छ । यो चलचित्र धोनीका लागि बलिउडको ढोका सावित हुन सक्छ । 

     हिन्दी चलचित्रमा अभिनय गर्दै आएकी ब्रिटिस अभिनेत्री एमी ज्याक्सनले गत सोमबार छोरा जन्माएकी छिन् । जर्ज पानाइटोसँग लिभ इन रिलेसनमा रहेकी अविवाहित एमीको यो पहिलो सन्तान हो ।  

प्रकाशित :आश्विन ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्