दसैंमा परदेशी सम्झदै मिस्टर नेपाली टिम

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७६

कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘मिस्टर नेपाली’को दशैं लक्षित एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीतले विदेश गएका नेपालीहरुको कथा भनेको छ । चलचित्रको यो गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।

यो चलचित्रमा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नया अनुहार साहिल श्रेष्ठ र कुसुम राउतलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न पाइनेछ । विशेषगरि, परदेशमा रहेपनि मन त तेपाली नै हुन्छ भन्ने कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

प्रकाशित :आश्विन ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्