साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
अबको केही वर्षमा इशान पाण्डेको अगाडि डाक्टरको पगरी झुन्डिनेछ, किनभने उनी एमबीबीएसका विद्यार्थी हुन् । आफ्नो बुबाको सपना पूरा गर्ने क्रममा इशान काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छन् । उनको अर्को परिचय पनि छ र त्यो हो— उनको आफ्नै सपना ।
पाण्डे नेपालका लागि अब्बल दर्जाका क्रिकेट खेलाडी हुन चाहन्छन् । भर्खर सिंगापुरमा हुने त्रिकोणात्मक ट्वान्टी–२० सिरिजका लागि नेपालको राष्ट्रिय टिमको घोषणा भएको छ । त्यसमा पर्ने दुई नयाँ खेलाडीमध्ये एक हुन्— इशान । उनको उद्देश्य हो, नेपालका लागि राम्रो खेल्दै जित दिलाउने ।
ढिलो चाँडो उनको यो सपना पूरा हुने नै छ । मूल प्रश्न के पनि हो भने उनले अध्ययन र खेलका लागि समयचाहिँ कसरी मिलाउनेछन् ?