साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
चित्रकार कुशल बस्ताकोटी चित्रकलामा सक्रिय नाम हो । पोखराका बस्ताकोटी यतिबेला अमेरिकामा बस्दै आएका छन् । उनले अमेरिकाका बिभीन्न सहरहरुमा आफ्ना चित्रकलाहरु पर्दशन गरिसकेका छन् । हाल सम्म १५ भन्दा बढी ठाउँमा एकल चित्रकला प्रदशनी गरिसकेका नेपालको हालै एकल चित्रकला पर्दशनी सम्पन्न भएको छ ।
अमेरिकाको डयाल्स सम्पन्न भएको चित्रकला प्रदशनीमा १०० भन्दा धेरै ब्याक्तिहरुले अबलोकन गरेका थिए । पर्दशनीमा चित्रकार बस्ताकोटीले बनाएका रंग र दृश्यसँग समन्धित आर्टहरु पर्दशनी गरिएको थियो ।
यसअघि उनले आफ्ना चित्रहरुबाट तीन अवार्ड जितिसकेका छन्। बस्ताकोटीले विभिन्न देशमा आफ्नो चित्रकलालाई प्रदर्शन गर्दै आएका छन् । उनका चित्रकलामा नेपालका दृश्यहरु समेटिन्छन् । उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् ।