साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
बलिउडको सर्वाधिक हिट चलचित्र ‘सोले’का कालिया अर्थात विजु खोटेको ७७ वर्षको उमेरमा आज सोमबार निधन भएको छ । केही बर्षयता अस्वस्थ शरिर बोकेर हिडेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ बजेर ५५ मा मिनेटमा निधन भएको हो ।
उपचारार्थ लामो समयदेखि अस्पतालमा रहेका उनले अन्तिम स्वास घरमै फेर्न चाहेपछि परिवारले केहि दिनअघि मात्रै घर फर्काएको थियो । सन् १९४१ मा मुम्बईमा जन्मिएका खोटे सन् १९६४ देखि बलिउडमा सक्रिय थिए । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि उनी घरमै आराम गरिरहेका थिए ।
वलिउडको सवैभन्दा हिट र लोकप्रिय चलचित्र मानिएको सोलेसँगै उनले ३ सयबढि हिन्दी, दर्जनौ मराठी चलचित्रमा काम गरेका छन् ।