ईण्डियाको चर्चित रियालिटी शो सारेगमप लिल च्याम्समा सेकेण्ड रनरअपको उपाधी जितेका प्रितम आर्चायलाई हङकङमा सम्मानित गरिएको छ । ईटहरी मञ्च हङकङले प्रितम सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरेको हो ।
प्रितमले कार्यक्रममा रियालिटी शोमा प्रस्तुत गरेका गीतहरुसँगै राष्ट्रभावका गीतहरु प्रस्तुत गरेका थिए । भक्तराज आचार्यको गीत जहाा छन् बुद्धका आाखा गीतबाट सांगितीक प्रस्तुत शुरु गरेका प्रितमले नेपाली हिन्दी गीतहरु प्रस्तुत गरिरहदा वान्समोरको बर्षा भएको थियो ।
कार्यक्रममा स्थानिय प्रतिभा कस्मिना गुरुङको मौलिक नृत्यले पनि पर्याप्त वाहवाही पायो ।
टेलिभिजनको पर्दामा नेपाल र नेपालीको गौरव बढाउादै सांगितीक प्रस्तुती दिईरहेका प्रितमलाई नजिकबाट नियाल्दै उनको प्रस्तुती हेर्दा गर्वले छाती फुलेको समाजसेवी मुककाजी बताउँछन् ।
हङकङेली नेपाली समाजमा पहिलोपटक स्टारक्रुजको भब्य सेटमा कार्यक्रम आयोजना गरिएको थियो । मञ्चका अध्यक्ष राजु राई भन्छन् प्रितमले हामी सवैको छाती उचो बनाएको छ । नेपाली प्रतिभालाई विदेशी स्टेज मात्र हैन, कार्यक्रमको नयाा सस्कृतीलाई स्थापित गर्नका लागि पनि हामीले क्रुजको सेटमा कार्यक्रमको आयोजना गरेका हौ ।
सवै नेपालीहरुको कौतुहलता अनुसार कार्यक्रम भब्यरुपमा सम्पन्न भएको संयोजक तथा मञ्चका सचिव तुलसी उप्रेती बताउँछन् । लगभग ३०० जनाका उपस्थितीमा हामीले बाल प्रतिभालाई सम्मान गर्यौँ । सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै भारतको चर्चित रियालिटी शो मार्फत संसारभरि नेपालीको प्रतिभा र सम्भावनालाई उजागर गरेका प्रितमको सम्मानले हामी उत्साहित भएका छौ ।
संयोजक तुलसी भन्छन् प्रितमलाई सम्मान गरिएको कार्यक्रम समयको ख्याल नगर्ने अतिथी तथा दर्शकहरुलाई गतिलो सवक पनि भयो । विभिन्न संघसस्थाका विशिष्ट ब्यक्तित्व, वाणिज्यदूतावासका कर्मचारी लगायत समयमा कार्यक्रम स्थलमा नपुगेकाले बाहिरबाटै फर्किनुपरेको थियो । क्रुजमा उच्च सुरक्षा तथा चेकजाचका साथ प्रवेश गर्नु पर्ने भएकाले समयसिमा निर्धारण गरिएको हुन्छ, समयमा नपुगे क्रुजको ईमेग्रेशन बन्द हुन्छ उप्रेती भन्छन् ।
कार्यक्रममा हङकङ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराई, विभिन्न संघसस्थाका प्रतिनिधी, स्थानिय, ब्यवसायी, विद्यार्थीहरुको उल्लेखय उपस्थित रहेको थियो ।