साप्ताहिक संवाददाता
सामाजिक सन्जालमा रुचि राख्नेहरूका लागि इन्स्टाग्राम नौलो कुरा होइन, तर निर्देशक रामबाबु गुरुङका लागि भने यो विषय नौलो नै भएको छ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ का लागि अभिनेत्रीको जानकारी गर्ने क्रममा रामबाबुले अभिनेत्री उपासनासिंह ठकुरीका बारेमा थाहा पाए । त्यतिबेला उपासना चलचित्र ‘क्याप्टेन’मा व्यस्त थिइन् । उपासनाको इन्स्टाग्राम एकाउन्ट भएको थाहा पाएपछि रामबाबु र अर्का अभिनेता दयाहाङ राईले इन्स्टाग्राम एकाउन्ट खोले ।
रमाइलो कुरा के रह्यो भने इन्स्टा खाता खोल्नासाथ दयाहाङका फलोअर्स १९ हजार पुगे भने रामबाबुचाहिँ केवल ४ जनामा सीमित भए । कुनै साथीमार्फत इन्स्टा एकाउन्ट खोलेका रामबाबुले केही दिनपछि फेरी इन्स्टा चलाउनुपर्ने भएपछि पासवर्ड बिर्सिएछन् अनि जसले खोलिदिएको हो उहीमार्फत पासवर्ड लिएर एकाउन्ट खोल्दा उनको फलोअर्स संख्या ४ सय पुगेको रहेछ । अहिले रामबाबु आफ्नो इन्स्टा एकाउन्टमा बिस्तारै फलोअर्स बढ्दै गएको देखेर मख्ख छन् ।