लगभग ४ महिलादेखि हङकङमा निरन्तर चलेको आन्दोलनमा आज मंगलबार गोली प्रहार भएको छ । केन्द्रिय सरकार चीनले लोकतन्त्र स्थापना भएको ७० बर्षगाढ मनाइरहेका बेला हङकङमा आन्दोलनकारीहरु उपर गोली प्रहार भएको हो ।
हङकङ स्थित चुनवान हाईपा स्ट्रिटमा प्रर्दशनकारी र प्रहरीबीच भएको दोहोरो हानाहानमा प्रहरीले कुटपिटसँगै एकजनालाई नजिकैबाट गोली प्रहार गर्यो । गोली लागेर गम्भिर घाईते भएका त्सुवान वानलाई नजिकै रहेको राजकुमारी मार्गेरेट अस्पताल लगिएको छ । चिन इउ मेमोरियल कलेजमा फर्म फाईभमा अध्ययनरत वानको स्थित अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
चीनका शिर्ष नेता सि जिङ पिङले राष्ट्रिय एकता र शक्तिका विरुद्ध संसारलाई चुनौति दिदै सम्बोधन गरेको केहि समयमा चीनको विरुद्ध आन्दोलन गरिरहेका हङकङका प्रर्दशनकारीउपर गोली प्रहार गरिएको हो ।
प्रर्दशनकारीहरुले चीनको राष्ट्रिय दिवसका दिन निर्णायक आन्दोलन गर्ने भनि प्रचार गरिरहेका थिए । विहानैबाट प्रर्दशनकारीहरुले हङकङका विभिन्न ठाउँमा आन्दोलन, आगजानी र अवरोध गरिरहेका छन् भने पसल, यातायात सवै ठप्प भएको छ ।
आन्दोलनलाई प्रभाव पार्नका लागि हङकङ सरकाले पनि विहानैबाट एमटिआर, बस सेवा बन्द गरेको छ ।