साप्ताहिक संवाददाता
आश्विन १५, २०७६
कुनै बेला बलिउडकी ब्युटी क्वीन मानिएकी अदिती राव हैदारी अहिले कहाँ छिन् ? यो प्रश्नको उत्तर उनका प्रशंसकहरू खोजिरहेका छन् । पछिल्लो पटक पद्मावतमा देखिएकी अदितीको पारिवारिक सूत्रका अनुसार यतिबेला अदिती आफ्नो पुरानो प्यासन भरत नाट्यमको बाँकी रहेको प्रशिक्षण पूरा गर्न चलचित्र क्षेत्रबाट टाढिएकी हुन् ।
५ वर्षको उमेरदेखि भरत नाट्यम सिकिरहेकी अदिती यतिबेला गुरु लीला स्यामसनसँग भरत नाट्यमसँग सम्बन्धित बाँकी प्रशिक्षण लिइरहेकी छिन् । भरत नाट्यमसँगै अदितीले आफ्नी आमा विद्या रावसँग शास्त्रीय गायन पनि सिकिरहेको बताइन्छ । विद्या भारतकी चर्चित शास्त्रीय गायिका हुन् ।