साप्ताहिक संवाददाता
आश्विन १५, २०७६
यही महिना अन्तरिक्ष यात्रीको दैनिक क्रियाकलापमा आधारित चलचित्र ऐड एक्स्ट्रामा देखा पर्न लागेका ब्राड पिटको वैवाहिक जीवनले फेरि एकपटक नयाँ मोड लिएको छ । सन् २००० को जुलाई २९ मा लामो समयदेखि प्रेमिका रहेकी जेनिफर एनिस्टनसँग विवाह गरेर २००५ मा छुट्टिएका ब्राड पिट त्यसपछि एन्जेलिना जोलीसँगको वैवाहिक जीवनमा थिए ।
उता जेनिफर एनिस्टन पनि जस्टिन थेरोक्ससँग वैवाहिक जीवन बिताइरहेकी थिइन् । नियतिको खेल कस्तो रह्यो भने दुई वर्षअघि ब्राड र जोली अलग भए भने त्यसलगत्तै एनिस्टन र थेरोक्स पनि अलग भए । अब अहिले एकपटक फेरि ब्राड पिट जेनिफर एनिस्टनको अँगालोमा बाँधिएका छन् । गत महिना घुम्ने क्रममा मेक्सिकोमा भेटिएको यो जोडीले त्यहीँ पुनर्मिलनको सम्भावनाको खोजी गरेको हलिउड सूत्र बताउँछ ।