साप्ताहिक संवाददाता
आश्विन १५, २०७६
काठमाडौं
अभिनेत्री पिय्रंका कार्कीले दर्जनौं चलचित्रमा देखिइन् । मज्जाले फ्यान पनि कमाइन् । टन्नै पैसा पनि जम्मा पारिन् । भलै, हिट चलचित्र पो दिन सकिनन् ।
उनका सफल चलचित्रको लेखाजोखा गर्नेहो भने औलामा सहजै गन्न सकिन्छ । जति चलचित्रमा काम गरेपनी सबै फ्लप भएर होला अहिले प्रियंकाको मन परिवर्तन भएको छ । उनी आफु छिट्टै निर्देशक बन्न लागेको संकेत गरेकी छिन् ।
एक मिडियासँगको कुराकानीमा प्रियंकाले भनिन्, ‘सन् २०२० मा फिल्म निर्देशन गर्छु । मलाई प्रयोगात्मक कथावस्तुमा काम गर्न मन पर्छ । यही विषयवस्तुको फिल्मको निर्देशन गर्छु होला ।’