साप्ताहिक संवाददाता
आश्विन १६, २०७६
नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको छ । चलचित्र लक्ष्मी रानीमा अभिनेत्री शुभेच्छा थापालाई कवाडीवालीको भूमिकामा देख्न सकिने भएको छ । यहि कात्तिक १ गते तिहारको अवसर पारेर रिलिज हुने भएको छ ।
सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’ चलचित्र शुभेच्छा सिने फ्रेमको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो । चलचित्र देशका विभिन्न दुर्गम स्थानमा छायांकन गरिएको छ ।
पत्रकार विनोद त्रिपाठीको परिकल्पनाकार तयार भएको यो चलचित्र मार्फत अभिनेत्री शुभेच्छा थापा निर्देशनमा डेब्यू गर्दैछिन् । निर्देशनका अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापालेनै गरेकी हुन् ।
‘लक्ष्मी रानी’ मा शुभेच्छाका साथमा धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रको ट्रेलर :