साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘आमा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा सुरक्षा पन्तले प्राथमिकता पाएकी छन् । सुरक्षा आधा र पुरै मुन्डन गरेको कपालसहित देखिएकी छन् ।
यस्तै पोस्टरमा चलचित्रर्की अर्की मुख्य अभिनेत्री मिथिला शर्मा र सरिता गिरी पनि फिचर्ड छन् । सरिता गिरी पृष्ठभूमीमा देखिएकी छिन् । सुरक्षा मात्रै रहेको पोस्टरमा सुरक्षाको छेउमा चिता समेत देखाइएको छ ।
निर्माणको चरणमा रहेको चलचित्र ‘आमा’को डविङको काम सकिएको निर्माण यूनिटले बताएको छ ।
चलचित्र ‘आमा’मा सुरक्षासँगै मिथिला शर्मा र सरिता गिरीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । सोसल ड्रामा ‘आमा’को कथा निर्देशक दीपेन्द्रले नै लेखेका हुन् । फागुन ९ गतेबाट प्रदर्शनको प्रचारमा रहेको यो चलचित्र निर्देशक स्वयम्ले खिचेका छन् । ‘आमा’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।