साप्ताहिक संवाददाता
किरण केसी, कलाकार
म सानैदेखि खसीको मासुको फ्यान हुँ । पहिले–पहिले दसैंमा गाउँ घुमेर खसीको भाग मासु ल्याएर घरमा पकाएर खान्थ्यौं । भाग मासुमा आन्द्रा, फोक्सो, कलेजो, टाउकोसँगै खसीका अन्य भागहरू हुने भएकाले त्यो मासु मलाई असाध्यै मन पथ्र्यो । यद्यपि म पशु हत्याको घोर विरोधी हुँ । शास्त्रमा कतै पनि बली चढाउनुपर्छ भनेर लेखिएको छैन । त्यसकारण पनि मलाई काटमार मन पर्दैन । १५–२० वर्षअघि आफ्नै घरमा खसी–बोका ढालिन्थ्यो । त्यति बेला हाम्रो घरमा नौवटा गाडी थिए ।
हामी बोका काटेर ती गाडीको पूजा गथ्र्यौं तर अहिले घरमा खसी काट्दैनौं । म अहिले आफैं हिंसा नगरी मासु खान्छु । म धेरै रेड मिट खान्नँ, प्राय: खसी र कुखुरा नै खान्छु । बफ नखाएको पनि धेरै भयो । म नुन तथा जिरामा चोपेर टाउको ब्वाइल खान रुचाउँछु । आन्द्रा भुँडी, चरर, पटपट पारेर मासु नै चर्किने गरी पकाइएको भुटन पनि असाध्यै मनपर्छ । त्यसमा कलेजो मिसिएको छ भने अझ गज्जब हुन्छ ।
कबाब मलाई मन पर्ने अर्को खान्की हो । पक्कु तथा भित्र्यासमा सिलौटामा पिँधेको जिरा हालेर खायो भने कति मज्जा आउँछ ? हामी अष्टमीको दिन घरमै भुटन, कलेजो, फोक्सो फ्राइ, चिउरा, कबाब, मुला, केराउ तथा काँक्राको अचार खान्छौं । यो दिन हामी पानीको सट्टामा मोही पिउँछौं । त्यस दिन इष्टमित्र, छिमेकी, साथीभाइ सबैलाई बोलाएर रमाइलो गर्छौं । मे
रो घरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, अनुराग कुँवर आदि कलाकारहरू आएर दसैंको रमाइलो गरिसक्नुभएको छ । पहिले–पहिले जाँड–रक्सी मज्जाले खाइन्थ्यो । ठ्याक्कै भन्नुपर्दा जाँड–रक्सीको घ्याम्पो थिएँ म । अहिले जाँड–रक्सी नछोएको पनि १८–१९ वर्ष नै भैसकेको छ ।