साप्ताहिक संवाददाता
मोजिटो
सामग्री : कागती ६ देखि ८ टुक्रा, पुदिना ८ देखि १० पत्ता, चिनी २ चम्चा, उम्दा गुणस्तरको डार्क रम ६० मिलिलिटर, सोडा आवश्यकताअनुसार ।
विधि : एउटा कचौरामा कागती, चिनी तथा पुदिनालाई मुडल गर्ने, त्यसमा ६० मिलिलिटर रम अनि त्यसपछि आइस हाल्ने । माथिबाट सोडा हाली ग्लासमा राखेर सर्भ गर्ने ।
ब्ल्याकबेरी पन्च
सामग्री : राम्रो गुणस्तरको डार्क रम ६० मिलिलिटर, कागतीको रस २५ मिलिलिटर, सुन्तलाको रस ३० मिलिलिटर, भुइँकटहरको रस ३० मिलिलिटर, ब्ल्याकबेरी सिरप १५ मिलिलिटर ।
विधि : सबै सामग्रीलाई मिक्सरमा बरफका टुक्रासँग घोलेर ग्लासमा खन्याई सर्भ गर्ने ।
ब्लु लगुन
सामग्री : भोड्का ६० मिलिलिटर,
कागतीको रस १५ मिलिलिटर, ब्लु काराओके सिरप १५ मिलिलिटर,
स्प्राइट (टपअपका लागि) ।
विधि : एउटा ग्लासमा टन्न बरफका टुक्रा राख्ने, त्यसपछि त्यसमा भोड्का, कागतीको रस तथा ब्लु काराओके सिरप हाली अन्त्यमा स्प्राइटले भर्ने अनि सर्भ गर्ने ।
मिन्ट जुलेप
सामग्री : उम्दा गुणस्तरको ह्विस्की ६० मिलिलिटर, ६देखि ८वटा पुदिनाको पात, चिनी २ चम्चा
विधि : उपरोक्त सबै सामग्रीलाई एउटा सिसाको कचौरामा बरफका टुक्रासँगै राखेर राम्रोसँग चलाई ग्लासमा खन्याएर सर्भ गर्ने ।
पिंक सावर
सामग्री : गुणस्तरीय भोड्का ४५ मिलिलिटर, कागतीको रस १५ मिलिलिटर, ग्रेनाडाइन सिरप १० मिलिलिटर, चिनीको रस १० मिलिलिटर
विधि : सबै सामग्रीलाई मिक्सरमा बरफका टुक्रासँग राखेर राम्रोसँग घोली ग्लासमा खन्याएर सर्भ गर्ने ।
पिंक जिन
सामग्री : उम्दा गुणस्तरको ड्राइ जिन ६० मिलिलिटर, कागतीको रस १५ मिलिलिटर, ग्रेनाडाइन सिरप १० मिलिलिटर, चिनीको रस १० मिलिलिटर ।
विधि : सबै सामग्रीलाई मिक्सरमा बरफका टुक्रासँग राखेर राम्रोसँग घोली ग्लासमा खन्याएर सर्भ गर्ने ।
ह्विस्की सावर
सामग्री : गुणस्तरीय ह्विस्की ६० मिलिलिटर,
कागतीको रस १५ मिलिलिटर, सुगर सिरप १५ मिलिलिटर, अण्डाको सेतो भाग १५ मिलिलिटर ।
विधि : एउटा सिसाको कचौरामा सबै सामग्रीलाई बरफका टुक्रासँग राखेर राम्रोसँग चलाउने, त्यसपछि एउटा ग्लासमा ह्विस्की हाली ती सामग्रीलाई माथिबाट खन्याएर सर्भ गर्ने ।
साइपिरोस्का
सामग्री : उम्दा गुणस्तरको भोड्का ६० मिलिलिटर, कागती ६ देखि ८ टुक्रा, चिनी २ चम्चा
विधि : एउटा ग्लासमा भोड्का राख्ने, त्यसपछि बरफका टुक्रा चिनी तथा कागतीको स्लाइस हालेर सर्भ गर्ने ।