साप्ताहिक संवाददाता
आश्विन १८, २०७६
गाउँघरमा मालाश्री धुन गुन्जन थालेपछि दसैं आएको छनक पाइन्छ । घटस्थापनाका दिनदेखि रेडियो, टेलिभिजनमा समेत यो धुन बजाइन्छ । सितार, तानपुरा तथा तबला आदि बाजाको सम्मिश्रणबाट बज्ने धुनले हर्ष एवं उल्लासको सन्देश दिइरहेको हुन्छ ।
त्यसबाहेक पञ्चेबाजा, मादल, सारंगी, मुरली आदिबाट पनि मालाश्री धुन निकाल्ने प्रचलन छ । मालाश्रीलाई दसैंको धुन पनि भनिन्छ । यो धुन दसैंको ल्यान्डमार्क नै सावित भैसकेको छ ।