साप्ताहिक संवाददाता
आश्विन १९, २०७६
दसैंको एउटा प्रमुख आकर्षण लिंगे र रोटे पिङ पनि हो । गाउँघरतिर पाखाबारीमा भएका बाबियो काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पायक पर्ने स्थानमा लिङ्गे पिङ गाड्ने चलन छ ।
हिजोआज सहरतिर पनि पैसा उठाएर पिङ गाडिन्छ ।
विजयादशमीको दिन मान्यजनको हातको टीका लगाएर केही क्षण भएपनि धर्ती छोड्नुपर्ने विश्वासका कारण पनि पिङ खेल्ने प्रचलन जिवितै छ ।