अग्लो कद । चौडा छाती । सिक्सप्याक एब्स । समग्र शरिरनै लोभलाग्दो । अनि खाइलाग्दो । यस्तो शरिर बोकेर हिड्नेहरु जो कसैको ध्यान क्षणभरमै आफुतर्फ तान्न सक्छन् ।
यस्तो शरिर बनाउने इच्छा जसको पनि हुन्छ । तर, धेरैको रहर रहरमै सिमित हुन पुग्छ । किन ? चर्चित सेलिब्रेटी फिटनेश ट्रेनर सुरेश देवा भन्छन्, ‘ज्यान बनाउने भन्ने कुरा सहज छैन । यसका लागी एकदमै ठुलो लगाव आवश्यक पर्छ । समर्पण चाहिन्छ ।’ ट्रेनर देवाका अनुसार ड्रिम शरिर देखेर फिटनेश सेन्टर जाने धेरैले दक्ष फिटनेश गुरु छान्न नसक्नु, डाइट प्लान गराउन नजान्नु, ट्रेनरले देखाएको बाटोमा हिड्न नसक्नु, नियमित रुपमा शरिरको रेखदेख गर्न नसक्नु र थाकेको शरिरलाई आवश्यक आराम दिन नसक्दा धेरैले ज्यान बिगारेका छन् । देवाले फेरी थपे, ‘शरिर बनाउन जति गाह्रो हुन्छ, बनिसकेको शरिरलाई सधैभरी स्थिर राख्न त्यो भन्दा धेरै गाह्रो हुन्छ ।’
ज्यान बनाउन खोज्नेहरुका लागी, ज्यान बनिसकेकाहरुका लागी र बलियो ज्यान बोकेर संसारका उत्कृष्ट बडिबिल्डिङ च्याम्पियनशिपमा सहभागी हुन खोज्ने खेलाडीहरुका सुरेश देवा आइडियल खेलाडी हुन् । उनीहरुका गुरु हुन् ।
काठमाण्डौस्थित सुन्धारामा रहेको फिटनेश पार्कका मास्टर टे«नर देवाले अहिलेसम्म लोभलाग्दो शरिर बनाउने धेरैको इच्छा पुरा गरिदिएका छन् । हाल नियमित रुपमा उनले प्रत्येक दिन २ सय ५० जनालाई टे«निङ दिन्छन् । जहाँ जागिरे देखि नेपालका दर्जनौं चर्चित सेलिबे्रटी, उद्योगी, खेलाडी, राजनितीज्ञहरु समेतले टे«निङ लिइरहेका छन् । लगभग उनको अधिकांश दिन, ट्रेनिङ गराएरै बित्ने गर्छ ।
देवा खोटाङमा जन्मिए । त्यहि हुर्किए । ब्याचलर्स त्यहिँ पुरा गरे । कामको शिलशिलामा उनी काठमाडाँै आए । केहि समय परिवारको बिजनेशमा सहयोग गर्न थाले । त्यसपछि उनी बैदेशिक रोजगारीका शिलशिलामा दुबई उडे । सोहि शिलशिलामा क्यैययन देश चाहारे । धेरै देश पुगे, धेरै किसिमका जागिर गरे । तर, उक्त समयमा उनले आफ्नो ज्यान आकर्षक बनाइसकेका थिए । किनभने, आकर्षक ज्यान बनाउने रहर उनको सानैदेखिको थियो । यो ज्यान कसैलाई ट्रेनिङ गराउनका लागी भने थिएन । र, व्यवसायिक फिटनेशको खेलाडी भएर आउनका लागी पनि थिएन । सोहि समयमा उनले अन्र्तराष्ट्रिय मान्यताप्राप्त धेरै टे«नर कोर्ष समेत पुरा गरिसकेका थिए । तर, ५ बर्षपछि नेपाल फर्किएका उनले विश्वका चर्चित बडिबिल्डिङ खेलाडीहरुको पहिलेको संगतअनुसार यहि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढ्ने सोच गराए । पहिलोपटक उनले २०१६ देखि फिटनेश टे«निङ दिन थालेका हुन् । उनले व्यक्तीगत रुपमा समेत धेरैलाई प्रशिक्षण गराइराखेका छन् । त्यस्तै, उनले अनलाइन मार्फत समेत धेरैलाई टे«निङ दिन्छन् ।
फिटनेश ट्रेनर देवाले थुप्रै अन्र्तराष्ट्रिय बडिबिल्डिङ च्याम्पियनशिपमा भाग लिएका छन् । धेरै खेलमा सफलता पनि हासिल गरेका छन् । उनले पहिलोपटक २०१५ मा आनल क्लासिक हङकङमा छैटौ स्थान हासिल गरे । २०१६ मा भियतनाममा आयोजित पाँचौं एशियन विच गेममा नेपालको तर्फबाट चौथो स्थान हासिल गरेर नेपालको रेकर्ड राखे । २०१७ मा मंगोलियामा आयोजित एशियन बलिबिल्डिङ एण्ड च्याम्पियनशिपमा चौथो स्थान हासिल गरे । २०१८ मा दोस्रो मिस्टर एभरेष्ट नेश्नल च्याम्पियनमा १७० सिएम क्याटोगरिमा गोल्ड मेडल हात पारे । अहिले उनी युएईमा आगामी नोभेम्बर ५ देखि १० सम्म आयोजना हुन लागेको ७३ आइएफबिबी वल्र्ड मेन्स च्याम्पियनशिप एण्ड कङ्ग्रेसमा मेन्स फिजिक्स १७० सिएम क्याटोगरीमा नेपालको तर्फबाट प्रतिधित्व गरेर सहभागी जनाउँदैछन् ।
शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात अहिले निकै बढ्दो छ । ट्रेनर देवाका अनुसार घरमै बसेर समेत ट्रेनरहरुको निर्देशन अनुसार सुन्दर ज्यान बनाउन सकिन्छ । तर, आफ्नो उदेश्य के हो ? त्यसमा आफु सुरुमै प्रस्ट हुनुपर्छ । कतिपयका उदेश्य सिक्सप्याक हुन सक्छ भने कसैको फिटनेशका लागी मात्रै हुन सक्छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्छ भन्नु गलत हो’, देवाले भने, ‘यसका लागी राम्रोसँग बुझ्नुपर्छ । शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारी लिएर दक्ष फिट्नेस गुरुको निर्देशन अनुसार मात्रै अगाडी बढ्नुपर्छ । तथापी, जतिसुकै धेरै तौल उचालेपनि, जस्तोसुकै खानपान गरेपनी, जति एक्ससाइज गरेपनी ज्यान बन्दैन । ’ फिट्नेस सेन्टरमा नियमित रुपमा ज्वाइन हुनुअघि ट्रेनरसँग आफ्नो शरीरको अवस्थाबारे राम्रोसँग जानकारी लिनुपर्ने उनको तर्क छ ।
फिट्नेस सेन्टर ज्वाइन गर्ने जो कोहीलाई पनि सुरुमा कार्डियो सँगै वेट ट्रेनिङमा कम तौल उठाउन लगाएर बिस्तारै तौल बढाउँदै लैजानुपर्छ । फिजिकल अभ्यास गराउनुपर्छ । जिम भन्नेबित्तिकै एकैचोटि ठूला–ठूला फलाम उचालेर शारीरिक अभ्यास गर्नुपर्छ भन्ने भ्रमबाट मुक्त गराउनुपर्ने उनको भनाई छ ।
फिटनेश के का लागी ? देवा थप्छन्, ‘यो लाइफस्टायल हो । यसमा कति र कहिलेसम्म गर्ने भन्ने छैन ।’ शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउने उनको भनाई छ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्न जरुरी छ, उनले भने, ‘लागुऔषधमा फसेका युवाहरुलाई समेत फिटनेशसम्वन्धी उत्प्रेरित गराएर यसबाट मुक्त गराउन सकिन्छ । यसले शरीर, मन र दिमाग स्वस्थ राख्न समेत मद्दत पुग्छ ।’