साप्ताहिक संवाददाता
आश्विन २४, २०७६
काठमाडौं
चलचित्र ‘सरौतो’ फेम्ड अभिनेत्री सुमी मोक्तानले आफ्नो जन्मदिन मनाएकी छिन् । गैरीधारामा रहेको बहिरा संघमा पुगेर उनले केक काट्दै आफ्नो जन्मदिनको सेलिब्रेट गरेकी हुन् । उनले त्यहाँ केहि फलफुल समेत बाँडिन् ।
हरी हुमागाईंको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमी मोक्तान लिड रोलमा छिन् । सन्नी सिंह, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतका कलाकारको समेत यो चलचित्रमा अभिनय देख्न सकिन्छ ।