समाजसँग नजिक छ माया छपक्कै 

- साप्ताहिक संवाददाता

आश्विन २६, २०७६

नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको दोस्रो दिन पुरा भएको छ । गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले यस अघि रिलिज भएर रेकर्ड बनाउन सफल चलचित्रका विभिन्न रेहर्डहरु ब्रेक गरिरहेको छ । हिन्दी चलचित्रले नेपाली चलचित्रहरुलाई विस्थापित गरिरहेको यो समय चलचि ‘छ माया छपक्कै’ले भने हिन्दी चलचित्रलाई विस्थापित गरेको छ । 

बलिउडको सफल चलचित्र ‘वार’ नेपालगन्जको बागेश्वरी क्युएफएक्समा ‘छ माया छपक्कै’को अत्याधिक मागपछि हटाइएको हो । यो चलचित्रले देशैभरी हाउसफुल व्यापार गरिरहेको छ ।  

रोहित अधिकारी फिल्मस र आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, शिशिर बाङ्देल, जितु नेपाल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शक र समिक्षक दुबैले राम्रो प्रतिकृया दिएका छन् ।  चलचित्र छ माया छपक्कै समाजसँग नजिक रहेको प्रतिकृया दर्शक तथा समिक्षकहरुले बताएका छन् । 

 

प्रकाशित :आश्विन २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×