साप्ताहिक संवाददाता
आश्विन २६, २०७६
काठमाडौं
नेपाली सिने उद्योगमा चलेकी अभिनेत्री हुन्, केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
‘तिमीलाई भनेर म कुरिरहेँ बाटोमा, तर तिमी आएनौ’ बोलको सेन्टिमेन्टल गीतमा दुर्गा खरेलको स्वर छ । गीतको भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।
भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।