साप्ताहिक संवाददाता
आश्विन २६, २०७६
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न ‘द डिभा नेसनल २०१९’ को शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् सेलिना दाहाल । प्रतियोगितामा सेलिनाले ट्यालेन्ट विधाको अवार्ड पनि उचालेकी थिइन् ।
प्रतिस्पर्धाको उपाधि दौडमा रहेकी सुर्जिना श्रेष्ठले फस्ट रनर अप तथा साबित्रा शर्माले सेकेन्ड रनर अप स्थानमा आफ्नो नाम सुरक्षित पारेका थिए । प्रतियोगितामा सुर्जिनाले फोटोजेनिक र भ्युअर च्वाइसको विधाको तथा सावित्राले वेष्ट वाक विधाको अवार्ड पनि जित्न सफल भएका थिए ।
वृक्ष इभेन्ट्सको आयोजनामा लविन अन्सारीको कोरियोग्राफी रहेको सो प्रतिस्पर्धामा रश्मि न्यौपाने वेष्ट फिगर तथा मल्टिमिडिया च्वाइस, सिम्रन कुँवर पर्सनालिटी, एना तामाङ कन्फिडेन्ट, लक्ष्मि गौतम पपुलर तथा क्षितिजा तामाङ मोस्ट ब्युटीफुल विधामा उत्कृष्ट छानिएका थिए ।