आश्विन २७, २०७६
मलाई रुपैले दिवाना बनायौ
म तिम्रै हुँ भन्ने बहाना बनायौ
धपक्कै बलेको गुलावी मुहार
कुनै मित्र कोही बिराना बनायौ
म आफ्नै खुसीले हिंडेथेँ पियारी
गर्यौ प्यार साँच्चै रमाना बनायौ
भिजेको परेली न हावा न पानी,
छ पीडा अनौठो निशाना बनायौ
छ मुद्दा मलाई गर्यौ रे दर्ता नै
दिनै यातना झ्यालखाना बनायौ