साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्की नेपाली सने उद्योगकी चल्तीकी कलाकार हुन् । उनले अभिनय गरेका थुप्रै चलचित्रले सफल व्यापार पनि गरेका छन् । अभिनेत्री प्रियंका कार्कीलाई गसिपमा रमाउने अभिनेत्रीका रुपमा समेत हेरिन्छ । त्यसैले उनका विभिन्न खाले गसिपहरुले मिडिया र सामाजिक सञ्जालमा स्थान पाएकी हुन्छन् ।
पछिल्लो केहि वर्ष यता उनीसँगै गाँसिएर आएका छन् अभिनेता – आयूष्मान देशराज जोशी । आयुष्मान– प्रियंका गहिरो प्रेम सम्बन्धमा रहेको खबर त अब नेपाली रंग क्षेत्रका लागि नौलो खबर रहेन । तर, बेला बेलामा आउँने यो जोडीका तस्बिरले भने राम्रै चर्चा पाउने गरेका छन् । एउटा सन्दर्भको चर्चा सेलाउन नपाउँदै यो जोडीका बारेमा अर्को गसिप सार्वजनिक हुने गरेको छ ।
पछिल्लो समय भने यो जोडीको ‘डिप किस’सिनले चर्चा पाइरहेको छ । केहि दिन अघि अभिनेत्री कार्कीले आफ्नो इस्टामा आयूष्मान देशराजसँगको ‘डिप किस’ गरेको तस्वीर पोष्ट गरेकी हुन् । धुलिखेल जीप लाइनमा चढ्दा उनीहरुले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले खिचेको तस्बिर सार्वजनिक गरिएको हो ।
अभिनेत्री कार्कीले सार्वजनिक गरेको उक्त तस्बिरलाई लिएर उनका दर्शकले विभिन्न खाले प्रतिकृया दिएका छन् । धेरैले नकारात्मक प्रतिकृया दिएका छन् । उनीहरुको उक्त तस्बिर र चुम्बनलाई कतिपयले समाजसँग जोडेर प्रतिकृया दिएका छन् । तर, सार्वजनिक नकारात्मक प्रतिकृयालाई वेवास्ता गर्दै थोरै संख्यामा आएका सकारात्मक प्रतिकृयामा अभिनेत्री कार्की रमाइरहेकी छिन् ।