साप्ताहिक संवाददाता
आश्विन २७, २०७६
अभिनेत्री स्वस्तिमा खड्का तथा निश्चल बस्नेत स्टारर ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ । हेम राज बिसी निर्देशित सिनेमाको सोमबार एक कार्यक्रमकाबीच काठमाडौंमा ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा निश्चल र स्वस्तिमाका अलावा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोए तथा सरोज अर्यालको अभिनय रहेको छ ।
चलचित्रमा निस्चल दोहा गएर फर्केका एक विवाहित पात्रको भूमिकामा छन् । विदेशबाट नेपालमै व्यवसायिक तरकारी खेती गर्ने सोच राखेका उनको पैसा खोला भएको जग्गामा फस्दा पछि गर्ने संघर्षमा चलचित्रको कथा केन्द्रित रहेको छ । यो चलचित्र कार्तिक ८ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।